
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सका साम हिजलेट सबैभन्दा बढी क्याच लिने फिल्डिर बने । उनले ६ खेलमा ११ वटा क्याच लिए ।
सबैभन्दा बढी क्याच लिने फिल्डरको सूचीमा दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी रहे । दीपेन्द्रले पनि नौ खेलमा ११ वटा क्याच लिए ।
एउटै खेलमा सबैभन्दा बढी क्याच लिने फिल्डर भने काठमाण्डू गोर्खाजका मिलिन्द कुमार हुन् ।
उनले एउटै खेलमा पाँच क्याच लिए । समग्रमा भने उनले सात खेलमा आठवटा क्याच लिएका छन् ।