१० साउन २०८३, आइतबार

प्रधानसेनापति सिग्देलसँग १ घण्टा बयान, २२ प्रश्न

मंसिर २९, २०८२
काठमाडौं
प्रधानसेनापति सिग्देलसँग १ घण्टा बयान, २२ प्रश्न

गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ।

आयोगले प्रधानसेनापति सिग्देलसँग सोमबार दिउँसो बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार आयोगले सिग्देलसँग करिब एक घण्टा बयान लिएको हो ।

सिंहदरबार नजिकै सैनिक मुख्यालय र सिंहदरबार भित्रै सेनाको उपल्लो दर्जाको टुकडी रहँदा पनि सिंहदरबार जलेको बारे आयोगले प्रधानसेनापति सिग्देलसँग प्रश्न सोधेको थियो ।​​

जवाफमा प्रधानसेनापति सिग्देलले सेनाले जवाफी कारबाही गरेको भए माननीय क्षति बढ्ने देखिएपछि ब्याग भएको बताएका थिए ।

आयोगले उनलाई २२ वटा प्रश्न सोधेको थियो । तर उनले हरेक प्रश्नको जवाफ आफू र सेनाको बचाउमा दिएका थिए । 

आयोगले यसअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतसँग बयान लिएको थियो ।

अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी आयोगको छ ।

salt training

कमेन्ट गर्नुहोस्