
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ २० पैसा र बिक्रीदर १७० रूपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रूपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रूपैयाँ र बिक्रीदर १८२ रूपैयाँ ७५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ २९ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ २० पैसा र बिक्रीदर १०५ रूपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रूपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रूपैयाँ ८५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ५६ पैसा र बिक्रीदर २० रूपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रूपैयाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६१ पैसा र बिक्रीदर चार रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रूपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८९ पैसा र बिक्रीदर नौ रूपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ५९ पैसा र बिक्रीदर १५ रूपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रूपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रूपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ८७ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।