
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १९३ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रूपैयाँ ०८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रूपैयाँ ६५ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ६८ पैसा र बिक्रीदर ११२ रूपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रूपैयाँ २८ पैसा र बिक्रीदर नौ रूपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिदर २० रूपैयाँ ४९ पैसा र बिक्रीदर २० रूपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ६५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ५८ पैसा र बिक्रीदर चार रूपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७५ पैसा र बिक्रीदर नौ रूपैयाँ ७९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १५ रूपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६३ पैसा र बिक्रीदर २२ रूपैयाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८ रूपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रूपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुयैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ४१ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।