०७ असार २०८३, आइतबार

कुश्मा कारागार प्रमुख श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस ३, २०८२
काठमाडौं
कुश्मा कारागार प्रमुख श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कारागार कार्यालय, कुश्माका कार्यालय प्रमुख शिला श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माण गर्दा कुनै कार्यविधि/ मापदण्ड आधारविना मनोगत ढंगले लक्षित निर्माण व्यवसायीलाई ठेक्का सुम्पने नियतले कम कबोल गर्ने बोलपत्रदातालाई छनोट नगरी भ्रष्टाचार गरेको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

बोलपत्र मूल्यांकन समितिका अध्यक्ष समेत रहेकी श्रेष्ठसहित मूल्यांकन समितिका सदस्यहरू सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकास अधिकारी, कारागार कार्यालयका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्वतका सह-लेखापाल सुभास घर्तीलाई पनि प्रतिवादी बनाइएको छ ।

साथै आयोगले मोदीकाली कन्स्ट्रक्सनका प्रोप्राइटर प्रदीप तिमिल्सिनालाई पनि प्रतिवादी बनाएको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सबै जना प्रतिवादीविरुद्ध जनही २१ लाख ५५ हजार ७३५ रुपैयाँ बिगो कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्