०८ साउन २०८३, शुक्रबार

सिरियास्थित आईएसको अखडामा अमेरिकाको हमला

पुस ५, २०८२
काठमाडौं
सिरियास्थित आईएसको अखडामा अमेरिकाको हमला

अमेरिकाले सिरियामा सक्रिय चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) विरुद्ध सैन्य हमला गरेको छ। सिरियामा तैनाथ अमेरिकी बलमाथि भएको घातक आक्रमणको जवाफमा यो कारबाही गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

 अमेरिकी रक्षामन्त्री पिट हेगसेथले 'अपरेशन हकआई स्ट्राइक' नाम दिइएको यो सैन्य अभियानको मुख्य उद्देश्य आईएसका लडाकुहरू, उनीहरूको सैन्य संरचना र हतियारका ठेगानाहरूलाई नष्ट गर्नु रहेको जानकारी दिए । 

सीबीएस न्यूजका अनुसार यस कारबाहीमा लडाकु विमान, अट्याक हेलिकप्टर र तोपखानाको प्रयोग गरिएको छ। मध्य सिरियाका विभिन्न ठेगानाहरूलाई निशाना बनाइएको  हमलामा जोर्डनका लडाकु विमानहरूले पनि सहभागिता जनाएको अमेरिकाले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आईएसका गढहरूमा अत्यन्तै शक्तिशाली हमला गरिरहेको बताएका छन्।

यो सैन्य कारबाही गत डिसेम्बर १३ मा सीरियाको पाल्मायरा सहरमा आईएसले गरेको आक्रमणपछि गरिएको हो। उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एकजना अमेरिकी नागरिक अनुवादक (इन्टरप्रेटर) को ज्यान गएको थियो। यद्यपि, रक्षामन्त्री हेगसेथले यो कारबाही कुनै नयाँ युद्धको सुरुवात नभएको स्पष्ट पारेका छन्।

salt training

कमेन्ट गर्नुहोस्