१० साउन २०८३, आइतबार

अस्ट्रेलियन महिला लिगमा ‘साम्बा’को पहिलो गोल, टोलीको सहज जितमा महत्त्वपूर्ण योगदान

पुस ५, २०८२
काठमाडौं
अस्ट्रेलियन महिला लिगमा ‘साम्बा’को पहिलो गोल, टोलीको सहज जितमा महत्त्वपूर्ण योगदान

नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले अस्ट्रेलियन महिला लिग (ए–लिग) मा पहिलो गोल गरेकी छन् ।

सावित्राको दुई गोलसँगै उनको टोली वेलिङ्टन फोनिक्सले शनिबार सम्पन्न खेलमा सिड्नी एफसीलाई ७–० को फराकिलो अन्तरले हरायो ।

महिला ए–लिगमा जोडिएयता वेलिङ्टन फोनिक्सले हासिल गरेको यो सबैभन्दा ठूलो अन्तरको जित पनि हो । फोनिक्सले यसअघि सन् २०२३ मा क्यानबेरा युनाइटेडलाई ५–० गोलले हराएको थियो ।

खेल शुरू भएको १३औं मिनेटमै सावित्राले पहिलो गोल गरेकी थिइन् । महिला ए–लिगमा सावित्राले गरेको यो पहिलो गोल हो ।

वेलिङ्टन फोनिक्सले खेलको पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । साम्बाका अतिरिक्त ग्रेस जेलले पनि दुई गोल गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्