१० साउन २०८३, आइतबार

आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

पुस ६, २०८२
काठमाडौं
आईसीसी टी–२० विश्वकपको बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

शनिबार साँझ सार्वजनिक गरिएको टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल र आसिफ शेख रहेका छन् ।

यसैगरी, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र लोकेश बलले पनि टोलीमा स्थान पाएका छन् ।

यसैगरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिस जीसी र रुपेश सिंह पनि टोलीमा परेका छन् ।

आईसीसी टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

प्रतियोगितामा २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ ।

उक्त समूहमा नेपालसँगै बंगलादेश, इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटाली रहेका छन् । त्यसमध्ये इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश टेस्ट राष्ट्र हुन् ।

नेपाली टोलीले तेस्रो पटक आईसीसी टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले सन् २०१४ मा पहिलो र सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्