१६ असार २०८३, मंगलबार

शरीफ उस्मान हादी हत्या प्रकरण: आक्रमणकारीबारे पुलिससँग अझै छैन ठोस जानकारी

पुस ६, २०८२
काठमाडौं
शरीफ उस्मान हादी हत्या प्रकरण: आक्रमणकारीबारे पुलिससँग अझै छैन ठोस जानकारी

बङ्गलादेशको इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीमाथि गोली प्रहार गर्ने व्यक्तिको बारेमा पुलिसले अझै कुनै ठोस जानकारी फेला पार्न सकेको छैन। गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पुलिसले सो कुराको जानकारी दिएको हो।

अतिरिक्त आइजीपी खान्डेकर रफिकुल इस्लामका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान तीव्र पारिएको छ र यस मामिलामा नाम जोडिएका व्यक्तिहरूमाथि कडा निगरानी राखिएको छ।

संदिग्ध व्यक्तिले सीमा पार गरेर भागेको हो या छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। "कहिलेकाहीँ अपराधीहरूले पुलिसलाई भ्रममा पार्न गलत सूचना दिने गर्छन्, यो पनि त्यस्तै प्रयास हुन सक्छ," अतिरिक्त आइजीपी इस्लामले भने, "हामी खोजी कार्य जारी राखिरहेका छौँ। यदि उनी देशको कुनै पनि कुनामा छन् भने हामी पक्राउ गरेरै छाड्नेछौँ।"

गत हप्ताको शुक्रबार अज्ञात बन्दुकधारीको गोली प्रहारबाट शरीफ उस्मान हादी गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ उपचारकै क्रममा बिहीबार उनको मृत्यु भयो। हादीको मृत्युको खबर सार्वजनिक भएपछि बङ्गलादेशमा हिंसात्मक प्रदर्शन र तनाव बढेको छ।

शनिबार जनाजाको नमाज (अन्तिम प्रार्थना) पछि उनलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिद परिसरमा गाडिएको छ। हाल पुलिसले अपराधीको पहिचान र गिरफ्तारीका लागि थप सक्रियता देखाएको छ।

salt training

कमेन्ट गर्नुहोस्