०२ साउन २०८३, शनिबार
१ एमडीबी घोटाला प्रकरण

मलेसियाली अदालतद्वारा पूर्वप्रधानमन्त्री नजिब रजाकको ‘हाउस अरेस्ट’ माग खारेज

पुस ७, २०८२
काठमाडौं
मलेसियाली अदालतद्वारा पूर्वप्रधानमन्त्री नजिब रजाकको ‘हाउस अरेस्ट’ माग खारेज

मलेसियाको एक अदालतले भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको बाँकी सजाय घरमै बसेर भोग्न पाउने माग अस्वीकार गरेको छ । 

अदालतले घरमै नजरबन्द राख्ने अनुमति दिने भनिएको शाही दस्तावेज प्रक्रियाअनुसार जारी नभएको भन्दै अमान्य ठहर गरेको हो ।

क्वालालम्पुर उच्च अदालतकी न्यायाधीश एलिस लोकेले सोमबार सुनाएको फैसलामा उक्त शाही आदेशको अस्तित्व विवादित नभए पनि तत्कालीन राजाले यस्तो निर्णय गर्नुअघि देशको क्षमादान बोर्डसँग परामर्श गर्नुपर्ने कानूनी प्रक्रिया पालना नगरेको उल्लेख गरेकी छन् ।

सन् २०२२ को अगस्टदेखि बहु-अर्ब डलरको १ एमडीबी घोटाला प्रकरणमा संलग्न रहेको अभियोगमा नजिब जेलमा छन् । उनले आफूलाई गत वर्ष तत्कालीन राजाबाट क्षमादान दिइएको र त्यसैको आधारमा बाँकी सजाय घरमै बसेर भोग्न पाउने शाही आदेश जारी भएको दाबी गर्दै मलेसियाली अधिकारीहरूलाई उक्त आदेश कार्यान्वयन गर्न बाध्य पार्न अदालतमा निवेदन दिएका थिए ।

अदालतको यो निर्णय नजिबका लागि अर्को झड्का मानिएको छ । घरमै सजाय भोग्ने अनुमति नपाउने निर्णय उनी १ एमडीबी घोटालासम्बन्धी सबैभन्दा ठूलो मुद्दाको फैसला सामना गर्न केही दिन मात्र बाँकी रहँदा आएको हो । उक्त मुद्दामा सम्बन्धित अदालतले शुक्रबार फैसला सुनाउने तयारी गरेको छ ।

नजिब रजाकले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्