३२ असार २०८३, बिहीबार

दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल

पुस ८, २०८२
काठमाडौं
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल

दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष प्रक्षेपण यान प्राविधिक गडबडीका कारण असफल भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

अन्तरिक्ष कम्पनी इनोस्पेसद्वारा विकास गरिएको ‘हानबिट–नानो’ नामक प्रक्षेपण यान ब्राजिलको अलकान्तारा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान १० बजेर १३ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

स्थानीय समाचार माध्यमका अनुसार प्रक्षेपणपछि यानमा गम्भीर समस्या देखिएको र त्यसपछि यान टुक्रिएर विस्फोट भएको अनुमान गरिएको छ, जसका कारण प्रक्षेपण असफल भयो ।

यस घटनासम्बन्धी कम्पनीले हालसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्