०७ साउन २०८३, बिहीबार

प्रतिनिधिसभा विघटनविरुद्धको पूरक रिटमा बुधबार सुनुवाइ हुँदै

पुस ९, २०८२
काठमाडौं
प्रतिनिधिसभा विघटनविरुद्धको पूरक रिटमा बुधबार सुनुवाइ हुँदै

प्रतिनिधिसभाको पुन:स्थापनाको माग गर्दै ६८ जना निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनमा आज बुधबार सुनुवाइ हुँदैछ । 

नेपाली कांग्रेसका ६५ र अन्य दलका ३ सहित ६८ सांसदले मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता गराएका थिए । 

यसअघि कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका हुन् ।

प्रतिनिधिसभा पुनःस्थापना लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।

यसअघि नै नेकपा एमालेका ७५ सांसदले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । 

कमेन्ट गर्नुहोस्