२२ असार २०८३, सोमबार

बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस ९, २०८२
काठमाडौं
बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​ 

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुस्तफाका साथै नगरपालिकाका सह-लेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधान सम्पादक सञ्जयकुमार साहविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सडक मर्मत तथा कालोपत्रे गर्न ठेक्का लगाउँदा आपसी मिलेमतोमा बोलपत्र आव्हान गरिएको र बजेट दुरुपयोग गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

आयोगले उनीहरूविरुद्ध ६५ हजार रुपैयाँ बिगो कायम गरेर कैद बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

यस्तो छ विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्