२८ जेठ २०८३, बिहीबार

यथेष्ट प्रमाण नपुगेपछि प्रभु बैंकका सीईओसहित पाँचैजना हाजिरी जमानीमा रिहा

पुस ११, २०८२
काठमाडौं
यथेष्ट प्रमाण नपुगेपछि प्रभु बैंकका सीईओसहित पाँचैजना हाजिरी जमानीमा रिहा

बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ५ जना हाजिरी जमानीमा  रिहा भएका छन् ।

विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार सीईओ शेरचन, डीसीओ मणिराम पोखरेल, सीसीओ रिवास श्रेष्ठ तथा गुण एयरलाइन्सका राजेन्द्र शाक्य र सुगेन भन्ने सुजिन शाक्यलाई हाजिरी जमानीमा छाडिदिएको हो ।

यसअघि सोमबार उच्च अदालत पाटनले 'अनुसन्धान कार्य शीघ्र सम्पन्न गर्नू/गराउनू, प्रमाणसहित पेश गर्नू' भनेर निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसक्रममा ५ दिन म्याद दिइएको थियो ।

यथेष्ट प्रमाण संकलन नभइसकेकाले हाजिरी जमानीमा रिहा गरिएको विशेष सरकारी वकिल कार्यालयकी सूचना अधिकारी सरिता पोखरेलले लोकान्तरलाई जानकारी दिइन् ।

बाहिरै राखेर अनुसन्धान जारी रहने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्