![लटरम्म सुन्तला बगान, किसानलाई बिक्रीको चटारो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Suntala_Orange_1_HRcILkymHr.jpg)
सुन्तलाका लागि पकेट क्षेत्र मानिने पोखरा महानगरपालिका वडा नम्बर-२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन् ।
पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला बिक्री गर्ने चटारो चलिरहेको छ ।
केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर बिक्री गर्छन् । उक्त क्षेत्रमा ३५०० देखि ४ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
पोखरा महानगरमा ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ ।










