०८ असार २०८३, सोमबार

भरतपुर यातायातका कार्यालय सहयोगी गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर​

पुस १४, २०८२
काठमाडौं
भरतपुर यातायातका कार्यालय सहयोगी गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​यातायात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजीत गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

१ लाख ८५ हजार रुपैयाँ घुससहित गत जेठ ३० गते पक्राउ परेका गुरुङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

सहायक प्रवक्ता अधिकारीका अनुसार उनलाई आयोगको टंगालबाट खटिएको टोलीले घुस रकमसहित कार्यकक्षबाट पक्राउ गरेको थियो ।

आयोगले उनीविरुद्ध १ लाख ६१ हजार ३४० रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

आरोपपत्र : 

salt training

कमेन्ट गर्नुहोस्