०८ साउन २०८३, शुक्रबार

३ लाख नगद पुरस्कार राशिको केएमसी चेयरम्यान कप चेस माघ दोस्रो साता

पुस १६, २०८२
काठमाडौं
३ लाख नगद पुरस्कार राशिको केएमसी चेयरम्यान कप चेस माघ दोस्रो साता

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को आयोजनामा ‘प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस’ प्रतियोगिता हुने भएको छ ।

माघ ९ र १० गते सञ्चालन हुने उक्त प्रतियोगितामा ३३ जना खेलाडीलाई कुल तीन लाख २८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष कुश ढकालले जानकारी दिए ।

उनले प्रतियोगितामा नेपालका शीर्ष खेलाडीलगायत विदेशी खेलाडीको समेत सहभागिता रहने जानकारी पनि दिए ।

वडा सदस्य एवं कार्यक्रमका संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताको विजेताले ३५ हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २५ हजार र चौथो हुने खेलाडीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी, पाँचौंदेखि सातौंसम्म आउने खेलाडीले समान १७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आठौंदेखि १०औं हुने खेलाडी जनही १५ हजार तथा ११औंदेखि १५औं स्थानसम्म आउने खेलाडीले जनही सात हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।

यसैगरी, महिलातर्फ पहिलोले सात हजार, दोस्रोले ६ हजार र तेस्रो हुने खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । बेस्ट अनरेटेडतर्फ पहिलोले पाँच हजार, दोस्रोले चार हजार र तेस्रोले तीन हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

यसैगरी, भेट्रानतर्फ पहिलोले पाँच हजार, दोस्रोले चार हजार र तेस्रो हुने खेलाडीले तीन हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यसैगरी, यू–१४, यू–१२ र यू–१० उमेर समूहका विजेताले पनि नगद पुरस्कार पाउने छन् । रेटिङ १८०० मुनि र रेटिङ १६०० मुनिका विजयी खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता डिल्लीबजारस्थित २९ नम्बर वडाको आफ्नै भवनमा सञ्चालन हुने जानकारी प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेतले दिए ।

प्रमुख निर्णायक सोराज ताम्राकारले प्रतियोगिता स्विस लिग प्रणालीअन्तर्गत नौ चरणमा खेलाइने जानकारी दिए । प्रतियोगिताको व्यवस्थापन थापाथली चेस पार्क क्लबले गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्