०८ असार २०८३, सोमबार

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

पुस १८, २०८२
काठमाडौं
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक सहायक रथी धर्मेन्द्रकुमार झा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्‌डामा आयोजित कार्यक्रमका बीच शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका १ जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ५ जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति थियो ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्