०६ साउन २०८३, बुधबार

गाम्बियामा आप्रवासी सवार डुङ्गा दुर्घटना, ७ जनाको मृत्यु​

पुस १८, २०८२
काठमाडौं
गाम्बियामा आप्रवासी सवार डुङ्गा दुर्घटना, ७ जनाको मृत्यु​

गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।

विज्ञप्ति जारी गर्दै गाम्बियन सरकारले अनुमानित २०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा सामुद्रिक तटमा दुर्घटना भएको पुष्टि गरेको बताएको छ । डुङ्गा देशको उत्तरी किनाराको गिनाक गाउँ नजिकै दुर्घटना भएको बताइएको छ ।

अधिकारीहरूले डुङ्गामा सवार कम्तीमा ९६ जनालाई उद्धार गरिएको र तीमध्ये धेरै जना गम्भीर घाइते रहेका बताएका छन् ।

दुर्घटनाको सूचना प्राप्त भएपछि गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाजहरू तैनाथ गर्दै खोजी र उद्धार अभियान शुरू गरेको जनाएको छ ।

अनियमित आप्रवासीहरूले प्रायः स्पेनको क्यानरी टापुहरूमा खतरनाक एटलान्टिक तट पार गर्ने प्रयास गर्छन् । जसलाई उनीहरुले युरोपको प्रवेशद्वारका रूपमा प्रयोग गर्दै आएका छन् ।

यद्यपि, सेनेगल, मौरितानिया र मोरक्कोको तटमा कडा समुद्री नियन्त्रणले तस्करहरूलाई गाम्बिया र गिनीबाट थप टाढाको प्रस्थान विन्दुहरू प्रयोग गर्न बाध्य पारेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्