०७ असार २०८३, आइतबार

बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

पुस १८, २०८२
काठमाडौं
बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादी झापाको मेची नगरपालिका–२ का नविन रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान आयोगले रिजाललाई काठमाडौं महानगरपालिका–१० बाट नियन्त्रणमा लिएको हो ।​

रिजालविरुद्ध २४ लाख चार हजार रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दा, गौशाला वृत्तमा ८ लाख बिगोको बैंकिङ कसुर मुद्दा र सिंहदरबार वृत्तमा ६ लाख बिगोको बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार रिजालविरुद्ध वैदेशिक रोजगार विभागमा ७ वटा ठगी मुद्दामा उजुरी परेको अनुसन्धानबाट खुलेको छ ।

उनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भनेर ५४ लाख ५४ हजार रुपैयाँ ठगी गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्