२२ असार २०८३, सोमबार

भक्तपुरमा एक व्यक्तिले हाने आफ्नै कन्चटमा गोली

पुस २१, २०८२
काठमाडौं
भक्तपुरमा एक व्यक्तिले हाने आफ्नै कन्चटमा गोली

भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली प्रहार गरेका छन् । गोली लागेर उनको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार कन्चटमा गोली हान्ने व्यक्ति सनिप चाम्लिङ राई रहेका छन् । 

घटनास्थलमा स्वचालित हतियार समेत फेला परेको छ । उनले कसरी उक्त हतियार ल्याए र आफैंलाई गोली हान्नुको कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी जबेगुले जानकारी दिए । घटनास्थलमा प्रहरी वृत्त ठिमीको टोली पुगेको छ । 

मध्यपुर ठिमी नगरपालिका–६ राई टोल बस्दै आएका राई अविवाहित रहेको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा राईले कोठाभित्र चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेको प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्