१९ असार २०८३, शुक्रबार

निवासमा लडेर घाइते भए महाथिर, अस्पताल भर्ना

पुस २२, २०८२
काठमाडौं
निवासमा लडेर घाइते भए महाथिर, अस्पताल भर्ना

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको उनका सहयोगीले जानकारी दिएका छन् ।

सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मङ्गलबार बिहान होशमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो । प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीको भनाइ छ ।

उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही हप्तासम्म अस्पतालमै भर्ना रहने बताइएको छ । बालकोनीको एक भागबाट बैठक कोठातर्फ सर्ने क्रममा उनी लड्नुभएको बताइएको छ । 

महाथिरले पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन् । गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पिकनिक समारोहपछि अत्यधिक थकानका कारण पनि उनी अस्पताल भर्ना भएका थिए । 

महाथिर मोहम्मद मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्