![प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/SSP_Badhuwa_Ov3bppGrdi.jpg)
नेपाल प्रहरीका १० प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समिति बैठकले १० एसपीलाई एसएसपीमा बढुवा सिफारिश गरेको हो ।
पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिं चौधरी र नकुल पोखरेल रहेका छन् ।
यसैगरी दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिस भएका हुन् ।
