
नेकपा (माओवादी)का विद्यार्थी नेता लोकेश जोशी (सी)को पहलमा मधेश प्रदेशका विभिन्न ठाउँका विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
उनको समूहले बुधबार महोत्तरीस्थित हात्तिलेट पासवान बस्तीका विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
प्रत्येक घरका एक–एक जना सदस्यलाई न्यानो कपडा हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
यसअघि उनकै पहलमा मध्ये मधेशका मुसहर बस्तीमा कपडा वितरण गरिएको थियो ।
यो अभियान आगामी दिनहरूमा अन्य जिल्ला तथा बस्तीहरूमा पनि निरन्तर रहने उनले बताए ।
विभिन्न संघ–संस्था तथा व्यक्तित्वहरूबाट प्राप्त कपडा वितरण गरिएको उनले बताए ।
गरिब तथा विपन्न परिवारलाई वितरण गर्न उनको समूहले कपडा बैंक अभियान नै चलाएको छ । 'जहाँ अभाव र विपन्न समुदायलाई कपडाको आवश्यकता हुन्छ, त्यहीँ हाम्रो सक्रियता रहनेछ,' उनले भने, 'देशभर जहाँ भए पनि जनताको सुख–दुःख मा साथ दिनु हाम्रो कर्तव्य हो । किनकि हामी नेपाली नागरिक हौँ र देश सधैं मुटुमा हुनुपर्छ।'