२५ जेठ २०८३, सोमबार

कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति एनआईसी एसिया बैंकको आपत्ति

पुस २४, २०८२
काठमाडौं
कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति एनआईसी एसिया बैंकको आपत्ति

एनआईसी एसिया बैंक लिमिटेडको इटहरी शाखाका कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ । 

बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ ।

बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको बैंकले जनाएको छ । 

‘बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यका साथ पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थ छर्कने जस्ता कानूनद्वारा वर्जित गम्भीर कृयाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याइरहेको बैंकिङ क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने बैंकको चेतावनी छ । ‘उक्त घटनामा संलग्न व्यक्तिउपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग यस बैंक हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्