११ साउन २०८३, सोमबार

एनएमबि बैंकको ३० औं वार्षिक साधारणसभा- ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित

पुस २५, २०८२
काठमाडौं
एनएमबि बैंकको ३० औं वार्षिक साधारणसभा-  ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित

एनएमबि बैंकले  ३० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा यही पुस २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न गरेको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा भएको कार्यक्रममा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

एनएमबि बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

null

साथै, बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम बुथ र ९ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्