२५ जेठ २०८३, सोमबार

उदयपुरको​ सातधारेमा निःशुल्क आँखा शल्यक्रिया शिविर

पुस २९, २०८२
उदयपुर
उदयपुरको​ सातधारेमा निःशुल्क आँखा शल्यक्रिया शिविर
फाइल फोटो

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर शुरू भएको छ ।

नगरपालिकाको सहयोगमा काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा शुरू गरेको हो ।

सोमबारदेखि शुरू भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताए ।

पहिलो दिनमै १२५ जनाको जलविन्दु र मोतियाविन्दुसम्बन्धी उपचार गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।

आँखाको उपचार र शल्यक्रिया सेवाका लागि चौदण्डीगढीसहित त्रियुगा र बेलका नगरपालिका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा आँखाका बिरामी शिविरमा पुगेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्