२५ जेठ २०८३, सोमबार

साम्प्रदायिक तथा राजनीतिक सद्‌भावमा खलल पुग्ने प्रकृतिका सन्देश प्रवाह नगर्न नेपाल टेलिकमको आग्रह

पुस २९, २०८२
काठमाडौं
साम्प्रदायिक तथा राजनीतिक सद्‌भावमा खलल पुग्ने प्रकृतिका सन्देश प्रवाह नगर्न नेपाल टेलिकमको आग्रह
फाइल फोटो

नेपाल टेलिकमले जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक सद्‌भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराएको छ ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले मंगलबार विज्ञप्ति जारी गर्दै आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरूलाई आग्रह गरेको हो। 

'नेपाल टेलिकमको Value Added Services (​भीएएस) सेवा प्रणालीमा आबद्ध भई एसएमएसमा आधारित भीएएस सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त भएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।टे

लिकमले विभिन्न व्यापार व्यवसाय प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकहरूलाई स्वीकृति दिने गरेको छ । तर टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल टेलिकम सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनीयताको सम्मान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्