१० साउन २०८३, आइतबार
नयाँ नेतृत्वको खोजी

कांग्रेसको विशेष महाधिवेशन : आज अन्य प्रक्रिया सकेर निर्वाचन बुधबार हुने

पुस २९, २०८२
काठमाडौं
कांग्रेसको विशेष महाधिवेशन : आज अन्य प्रक्रिया सकेर निर्वाचन बुधबार हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन भोलि बुधबार मात्रै हुने भएको छ ।

मंगलबार मनोनयनसहितका सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर बुधबार बिहानबाट निर्वाचन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका प्रमुख सीताराम केसीले लोकान्तरलाई जानकारी दिए ।

'आज निर्वाचनको अरू सबै प्रक्रिया सक्छौं। भोलि बिहान 'फर्स्ट आवर'बाट निर्वाचन कार्य शुरू हुन्छ । अहिले हामी सबै निर्वाचनको प्राविधिक आन्तरिक तयारीमा जुटेका छौं,' केसीले भने ।

उम्मेदवारी मनोनयनका लागि अहिले साँझ साढे ७ बजेसम्मको समय छुट्ट्याइएको छ ।

त्यसपछि उम्मेदवारका सम्बन्धमा दाबी विरोधदेखि अन्तिम नामावली प्रकाशनसम्म हुनेछ ।

यी सबै प्रक्रिया सकिएपछि निर्वाचन हुनेछ ।

सकेसम्म सर्वसम्मतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेको कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए ।

सभापतिका लागि ४ जनाले फारम लगेका छन् । यद्यपि, उम्मेदवारी दर्ता भने भइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्