३१ जेठ २०८३, आइतबार

सन् २०२५ को अन्तर्राष्ट्रिय बजारमा बीवाईडीको एकछत्र राज, साओमीको उदयले बजारमा हलचल

पुस ३०, २०८२
काठमाडौं
सन् २०२५ को अन्तर्राष्ट्रिय बजारमा बीवाईडीको एकछत्र राज, साओमीको उदयले बजारमा हलचल

चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीका लागि सन् २०२५ ऐतिहासिक वर्ष सावित भएको छ । 

सन् २०२५ मा बीवाईडीले अन्तर्राष्ट्रिय बजार हिस्सालाई  मजबुत बनाउँदै शीर्ष स्थान कायम गरेको हालै सार्वजनिक भएको वार्षिक तथ्यांकले देखाएको हो ।

चीनको सबैभन्दा ठूलो ईभी उत्पादक बीवाईडीले नयाँ खेलाडीका रूपमा साओमीलाई भित्र्याउँदै अन्य कम्पनीलाई चुनौती दिएको छ ।

सन् २०२५ मा पनि बीवाईडीको दबदबा कायमै रहेको देखिएको छ ।  तथ्यांक अनुसार चीनको कूल ईभी बजारमा बीवाईडीको हिस्सा झण्डै ३४ प्रतिशत पुगेको छ । 

आफ्नो ‘डीएम ५.०’  हाइब्रिड प्रविधि र किफायती मूल्यका कारण बीवाईडीले वर्षभरिमा ४० लाख भन्दा बढी गाडी बिक्री गर्दै विश्वकै ध्यान खिच्न सफल भएको छ । 

कम्पनीका ‘ओसन’ र ‘डायनास्टी’ सिरिजहरू चिनियाँ ग्राहकको पहिलो रोजाइमा परेका छन् ।

त्यस्तै, स्मार्टफोन बनाउने कम्पनी साओमीले अटो बजारमा प्रवेश गरेको छोटो समयमै ठूलो सफलता हात पारेको छ । 

सन् २०२५ मा साओमीको पहिलो इलेक्ट्रिक सेडान ‘एसयू ७’ र नयाँ सार्वजनिक भएको ‘एसयूभी’ मोडलले बजारमा तहल्का मच्चाएको छ । 

रिपोर्टका अनुसार साओमी चीनको शीर्ष १० विद्युतीय कार निर्माताको सूचीमा पर्न सफल भएको छ, जसले विशेष गरी टेस्ला र अन्य प्रिमियम ब्रान्डको बजार हिस्सा खोसेको छ ।

सन् २०२५ अमेरिकी कम्पनी टेस्लाका लागि चुनौतीपूर्ण रह्यो । चिनियाँ कम्पनीहरूबीचको तीव्र मूल्य युद्ध र नयाँ मोडलहरूको अभावका कारण टेस्लाको बजार हिस्सा खुम्चिएर ७(८ प्रतिशतको हाराहारीमा सीमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्