२२ असार २०८३, सोमबार
रविलाई राहत

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय

पुस ३०, २०८२
काठमाडौं
रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय

महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले बुधबार निर्णय गर्दै रविमाथिको उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकी हुन् । 

यी दुई प्रकृतिका मुद्दा फिर्ता लिए पनि सहकारी ठगीको मुद्दा भने कायमै रहेको छ । रविविरुद्ध कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । 

महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै अब यी जिल्लाका सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन् ।

महान्यायाधिवक्ता भण्डारीले ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी हुन् । 

‘ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ’, महान्यायाधिवक्ता भण्डारीको निर्णयमा भनिएको छ ।

 

null

salt training

कमेन्ट गर्नुहोस्