
नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा सर्वसम्मत चयन भएका छन् । बिहीबार बिहान निर्वाचन समितिले थापालाई विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएको घोषणा गरेको हो।
यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् ।
यस्तै सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम),मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खस आर्य), योगन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन् ।