०६ असार २०८३, शनिबार

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

माघ १, २०८२
काठमाडौं
कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-४ बस्ने धनुषा बटेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय राम बिहारी महतो छन् । उनलाई प्रहरी बुधबार पक्राउ गरेको हो ।

रामले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने  उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्