२९ असार २०८३, सोमबार

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कारका लागि आवेदन खुला

माघ २, २०८२
काठमाडौं
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कारका लागि आवेदन खुला

 वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्‍याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको छ ।

सूचना अनुसार कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष काम गरेर फर्किएका तथा नेपाल फर्किएपछि कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका उद्यमीले आवेदन दिन सक्नेछन् । 
आवेदन मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा दर्ता गर्न वा  इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्