२९ जेठ २०८३, शुक्रबार

अमेरिकी डलरको मूल्य बढ्यो, कति छ आइतबारको विनिमय दर ?

माघ ४, २०८२
काठमाडौं
अमेरिकी डलरको मूल्य बढ्यो, कति छ आइतबारको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । 

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रूपैयाँ  ०९ पैसा र बिक्रीदर १४५ रूपैयाँ  ६९ पैसा तोकिएको छ ।     
     
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ  ५९ पैसा र बिक्रीदर १६९ रूपैयाँ  २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रूपैयाँ  ५१ पैसा र बिक्रीदर १९५ रूपैयाँ  ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रूपैयाँ  ९७ पैसा र बिक्रीदर १८१ रूपैयाँ  ७१ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रूपैयाँ  ३२ पैसा र बिक्रीदर ९७ रूपैयाँ  ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ  ४९ पैसा र बिक्रीदर १०४ रूपैयाँ  ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रूपैयाँ  ७० पैसा र बिक्रीदर ११३ रूपैयाँ  १६ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ  १८ पैसा र बिक्रीदर नौ रूपैयाँ  २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ  ८२ पैसा र बिक्रीदर २० रूपैयाँ  ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ  ६९ पैसा र बिक्रीदर ३८ रूपैयाँ  ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ  ८३ पैसा र बिक्रीदर ४० रूपैयाँ  कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ  ६२ पैसा र बिक्रीदर चार रूपैयाँ  ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ  ५० पैसा र बिक्रीदर ३९ रूपैयाँ  ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ  ७६ पैसा र बिक्रीदर ३५ रूपैयाँ  ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ  ८५ पैसा र बिक्रीदर नौ रूपैयाँ  ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ  ७४ पैसा र बिक्रीदर १५ रूपैयाँ  ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ  ५६ पैसा र बिक्रीदर २२ रूपैयाँ  ६६ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ  ६० पैसा र बिक्रीदर १८ रूपैयाँ  ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रूपैयाँ  ४६ पैसा र बिक्रीदर ४७६ रूपैयाँ  ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रूपैयाँ  ८५ पैसा र बिक्रीदर ३८६ रूपैयाँ  ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रूपैयाँ  ८७ पैसा र बिक्रीदर ३७८ रूपैयाँ  ४३ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ  एक सयको खरिददर १६० रूपैयाँ  र बिक्रीदर १६० रूपैयाँ  १५ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।     
 

कमेन्ट गर्नुहोस्