०८ साउन २०८३, शुक्रबार

नेपाली कांग्रेस विवादसम्बन्धी रिट न्यायाधीश पोखरेलको इजलासमा

माघ ६, २०८२
काठमाडौं
नेपाली कांग्रेस विवादसम्बन्धी रिट न्यायाधीश पोखरेलको इजलासमा

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी चढेको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग समेतलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्चका न्यायाधीश पोखरेलको इजलासमा पेशी चढेको हो ।

पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष अदालत गएको हो ।

आयोगले विशेष महाधिवेशनबाट पारित विधानदेखि निर्वाचित कार्यसमिति समेतलाई अद्यावधिक गरिदिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्