२९ जेठ २०८३, शुक्रबार

सुनचाँदीको मूल्य निरन्तर उकालो, कतिमा हुँदैछ कारोबार ?

माघ ६, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य निरन्तर उकालो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ ।

विगत तीन दिनदेखि प्रतितोला दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको छ ।

गत आइतबार एक तोला छापावाल सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो ।

सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

कमेन्ट गर्नुहोस्