१२ असार २०८३, शुक्रबार

बारा पचरौता-६ का वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

माघ ६, २०८२
काठमाडौं
बारा पचरौता-६ का वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उमेर नपुगेको व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता खुवाएको भन्दै आयोगले अन्सारीसहित ७ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले उक्त वडाका विभिन्न कालखण्डका सचिवहरू संगीता घिमिरे, पिटर थारू, राजाराम प्रसाद साह, स्थानीय साजुला मिया अन्सारी, रबैया अन्सारी र उत्तम मिया अन्सारीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध ८४ हजार देखि  ४ लाख ७६ हजार रूपैयाँसम्म बिगो कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्