२९ जेठ २०८३, शुक्रबार
लुम्बिनीमा उत्साहजनक मनोनयन

नवलपरासी २ मा कांग्रेसका २ उम्मेदवार, दाङमा ​पूर्व मुख्यमन्त्रीको विद्रोह

प्रचण्ड, विष्णु पौडेल, शंकर पोखरेलदेखि चन्द्र भण्डारीसम्म चुनावी मैदानमा
माघ ६, २०८२
बुटवल
नवलपरासी २ मा कांग्रेसका २ उम्मेदवार, दाङमा ​पूर्व मुख्यमन्त्रीको विद्रोह

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र पर्छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सबै दलले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेशबाट प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । लुम्बिनी प्रदेशको सबैभन्दा बढी ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ ।

रूपन्देही २ बाट एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल उम्मेदवारी दिएका छन् । पौडेल २०६४ देखि यो क्षेत्रमा निरन्तर चुनाव जित्दै आएका छन् । 

यही क्षेत्रमा नेपाली कांग्रेसबाट चुन्न पौडेल उम्मेदवार छन् । उनी व्यवसायी हुन् ।

रास्वपाबाट सुभल खरेलले उम्मेदवारी दिएका छन् भने नेकपाबाट विश्वदीप पाण्डेले उम्मेदवारी दिएका छन् ।

रूपन्देही ५ बाट एमालेका खिमलाल भट्टराई र कांग्रेसका भरत शाह उम्मेदवार छन् ।

यस्तै रूपन्देही ३ बाट एमालेका वासुदेव घिमिरे, कांग्रेसका सुशील गुरुङ र रास्वपाका लेखजंग थापा र राप्रपाका गौरव बोहोराले उम्मेदवारी दर्ता गराएका छन् ।

दाङ २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दिएका छन् । पोखरेल अघिल्लो निर्वाचनमा नेकपा माओवादीकी नेतृ रेखा शर्मासँग पराजित भएका थिए ।

यस्तै, रूपन्देही १ बाट एमालेका दधीराम न्यौपाने र कांग्रेसका हीरा खत्रीले उम्मेदवारी दिएका छन् ।

यस्तै रूपन्देही ४ बाट एमालेका प्रमोद यादव उम्मेदवार छन् । एमाले प्रवेश गरे लगत्तै उनले उम्मेदवारी दिएका हुन् ।

यस्तै, दाङ २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दिएका छन् । पोखरेल अघिल्लो निर्वाचनमा नेकपा माओवादीकी नेतृ रेखा शर्मासँग पराजित भएका थिए ।

यही क्षेत्रबाट नेकपाका निर्मल आचार्य, रास्वपाका विवेक आचार्य र कांग्रेसका किरणकिशोर घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।

दाङ १ मा कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपाबाट मेटमणि चौधरी, एमालेबाट रेवतीरमण घिमिरेले मनोनयन दर्ता गराएका छन् ।

यस्तै पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, दाङ ३ बाट एमालेका घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की र नेपाली कांग्रेसका दीपक गिरीले उम्मेदवारी दिएका छन् ।

यस्तै रुकुम पूर्वबाट नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले उम्मेदवार दिएका छन् भने कांग्रेसबाट कुसुमदेवी थापाले उम्मेदवारी दर्ता गरेकी छन् ।

यस्तै, रोल्पाबाट नेकपाका वर्षमान पुन, नेपाली कांग्रेसका डा. सुदन वली, एमालेका गोकुल घर्ती, रास्वपाका बालेन्द्र थापा र विप्लव माओवादीका चूडामणि वलीले उम्मेदवारी दिएका छन् ।

यस्तै, गुल्मी २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र रास्वपाबाट गोविन्द पन्थीले उम्मेदवारी दिएका छन् ।

यस्तै, गुल्मी १ मा कांग्रेसबाट चन्द्र भण्डारी, एमालेबाट प्रदीप ज्ञवाली, रास्वपाबाट सागर ढकाल, नेकपाबाट सुदर्शन बरालले उम्मेदवारी दिएका छन् ।

पाल्पा १ मा कांग्रेसबाट सन्दीप राना र एमालेबाट नारायण आचार्य उम्मेदवारी दिएका छन् ।

यस्तै, पाल्पा २ बाट एमालेका ठाकुर गैरे, कांग्रेसका हिमालदत्त श्रेष्ठ, नेकपाबाट सोमप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै प्युठानमा नेकपा एमालेबाट सूर्य थापा र नेपाली कांग्रेसबाट गोविन्द पोखरेलले उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट दुई जनाको मनोनयन दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले बुधबार कँडेल र थापा दुवै जनालाई बोलाएको छ ।

यस्तै अर्घाखाँचीमा एमालेबाट पिताम्बर भुसाल, कांग्रेसबाट विष्णु खनाल मुस्कान, रास्वपाबाट हरिप्रसाद भुसाल, नेकपाबाट रामबहादुर चौहान र राजमोबाट पशुपति ढकालले उम्मेदवारी दिएका छन् ।

नवलपरासी पश्चिम २ मा कांग्रेसका देवेन्द्रराज कँडेल, नेकपाबाट देवेन्द्र पौडेल, रास्वपाबाट नरेन्द्र गुप्ता, राप्रपाबाट ध्रुवबहादुर प्रधान र जसपा नेपालबाट रामबच्चन अहिरले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै कांग्रेसका भीमबहादुर थापा 'भरत'ले पनि उम्मेदवार दर्ता गरेका छन् । कँडेल र थापामध्ये शुरूमा थापाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेसबाट दुई जनाको मनोनयन दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले बुधबार कँडेल र थापा दुवै जनालाई बोलाएको छ ।

मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र आचार्यले दुवै जनाको दर्ता भए पनि बुधबार पौने चार बजे जाँच गरी एक जनाले मान्यता पाउने बताएका छन् ।

नवलपरासी १ बाट कांग्रेसका विनोद चौधरी, एमालेमा रामप्रसाद पाण्डे, रास्वपाबाट विक्रम खनाल, नेकपा सिन्धु जलेसा र जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै, बाँके १ मा एमालेबाट सूर्य ढकाल, कांग्रेसबाट नारायण गौडेल र नेकपाको नरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।

बाँके २ मा एमालेबाट मोहम्मद इश्तियाक राई, कांग्रेसबाट सुधाम्सु कोइराला, रास्वपाका विवेक श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

बाँके ३ मा एमाले सुमन मल्ल, कांग्रेसका अमरसिंह पुन, रास्वपाका खगेन्द्र सुनारले उम्मेदवारी दिएका छन् ।

यस्तै, कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह, एमालेबाट वीरेन्द्र कनोडिया रास्वपाबाट प्रकाश रजौरिया, राष्ट्रिय मुक्ति पार्टीबाट ईश्वरदायल मिश्राले उम्मेदवारी दर्ता गराएका छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट अतहर कमाल, एमालेबाट विश्रामप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य र कांग्रेसमा विद्रोह गरी आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, कपिलवस्तु २ मा पूर्वएसएसपी विक्रमसिंह थापाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । एमालेका दीर्घनारायण पाण्डे, कांग्रेसका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिएका छन् ।

१२ जिल्ला रहेको लुम्बिनीमा कुल ३३ लाख ८६ हजार ६८० मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

बर्दिया २ बाट उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरी, कांग्रेसबाट किशोरसिहं राठौर, एमालेबाट विमला विक, नाउपा नेपालबाट खुसीराख थारू उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्