२२ असार २०८३, सोमबार

रेशम चौधरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

माघ ११, २०८२
काठमाडौं
रेशम चौधरीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
फाइल फोटो

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु,’ आदेशमा भनिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय, कैलालीले चौधरीको उम्मेदवारी मनोनयन २०८२ माघ ८ मा रद्द गरेको थियो ।

अन्तरिम आदेश छलफलका लागि माघ १५ गते दुवै पक्षलाई झिकाउन समेत आदेश भएको छ ।

त्यस बाहेक चौधरीलाई सम्बन्धित मुद्दाको फैसलासहितको मिसिल पेस गर्न भनिएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्