०७ साउन २०८३, बिहीबार

ट्रम्पले भने– चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक

माघ १६, २०८२
काठमाडौं
ट्रम्पले भने– चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग सम्झौता गर्नु धेरै खतरनाक भएको बताएका छन् । ट्रम्पको यो प्रतिक्रिया बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तापछि आएको हो ।

बेलायती प्रधानमन्त्री स्टारमरले तीन दिने भ्रमण बेलायत र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले गरेका हुन् । दुई देशबीच भएका सम्झौताको उद्देश्य व्यापार र लगानी बढाउनु हो ।

प्रथम महिला मेलानिया ट्रम्पमाथि आधारित वृत्तचित्रको प्रिमियरको क्रममा ट्रम्पलाई बेलायतको चीनसँगको विस्तारित व्यापार सम्बन्धबारे के सोच्नुहुन्छ भनेर सोधिएको थियो । जबाफमा उनले भने, ‘यो उनीहरूका लागि धेरै खतरनाक छ ।’

राष्ट्रपति सी जिनपिङसँग भेट गरेपछि प्रधानमन्त्री स्टारमरले बेलायत र चीनबीचको सम्बन्ध राम्रो र बलियो स्थितिमा रहेको बताएका थिए । 

 
 

कमेन्ट गर्नुहोस्