०७ साउन २०८३, बिहीबार
चोरीको आशंका

बालेनको घरको गेट फुटाइयो, अनुसन्धान गर्दै प्रहरी

माघ १७, २०८२
काठमाडौं
बालेनको घरको गेट फुटाइयो, अनुसन्धान गर्दै प्रहरी
फाइल तस्वीर । बालेन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंको मण्डिखाटारस्थित घरको गेटमा तोडफोड भएको छ ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार चोरले गेट फुटाएको हुनसक्ने प्रहरीको आशंका छ । चोरीकै आशंकामा अनुसन्धान गरिरहेको उनले बताए ।

गेट फुटाइए पनि चोरी भए/नभएको यकिन भइनसकेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढाथोकीले बताए । 

झापा-५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि सुर्खेत पुगेका छन् । 

कमेन्ट गर्नुहोस्