०४ साउन २०८३, सोमबार

साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल : पहिलो खेलमा भारतसँग हार्‍यो नेपाल, भुटानको पोष्टमा बंगलादेशको १२ गोल

माघ १७, २०८२
काठमाडौं
साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल : पहिलो खेलमा भारतसँग हार्‍यो नेपाल, भुटानको पोष्टमा बंगलादेशको १२ गोल

पोखरामा शनिबारदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले निराशाजनक सुरुवात गरेको छ । पोखरा रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग ०–१ गोलले पराजित भयो ।

त्यसअघि, शनिबार नै खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई १२–० गोलको विशाल अन्तरले हराएको थियो ।

प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । नेपाली टोलीले आफ्नो दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । नेपालले तेस्रो खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।

प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी ७ तारिखमा खेलिने छ ।

 

salt training

कमेन्ट गर्नुहोस्