३२ असार २०८३, बिहीबार

सय वर्षको अवसरमा महाकाव्य प्रकाशन गर्ने राष्ट्रकवि घिमिरेको तयारी

पुस १३, २०७४
सय वर्षको अवसरमा महाकाव्य प्रकाशन गर्ने राष्ट्रकवि घिमिरेको तयारी

काठमाडौँ, १३ पुस– राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाँै स्थापना दिवसका अवसरमा आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी गराए ।

उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उहाँहरुको सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले उहाँहरुले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिए । उनले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।


अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्