२९ जेठ २०८३, शुक्रबार

दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन्- चन्द्र ढकाल

माघ १८, २०८२
काठमाडौं
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन्- चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  राजनीतिक दल आफ्नो एजेन्डा भन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएको र त्यसो हुन नहुने बताए । 

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनको टिप्पणी छ । 

‘हाम्रोमा एउटा राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेन्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्,’ ढकालले भने  ।

उनले दलहरू आफ्नो आर्थिक एजेन्डाका आधारमा प्रतिस्पर्धामा उत्रिनुपर्ने बताए । अध्यक्ष ढकालले निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए । 

‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ?’, उनले भने, ‘मन्त्रालय-मन्त्रालयबीच कोअर्डिनेशन छैन । डिसिजन गर्दा पपुलिज्म खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्