२२ असार २०८३, सोमबार

टी–२० विश्वकप : भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा

माघ १८, २०८२
काठमाडौं
टी–२० विश्वकप : भारतसँगको खेल नखेल्ने पाकिस्तानको घोषणा

पाकिस्तानले आफ्नो क्रिकेट टोलीले टी–२० विश्वकपमा फेब्रुअरी १५ मा भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।

आइसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ ।

सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा हुने टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो । त्यसपछि स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरिएको छ ।

पाकिस्तान सरकारले एक्समा लेखेको छ, ‘इस्लामिक गणतन्त्र पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा भाग लिन अनुमोदन गरेको छ । यद्यपि, पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा भारतविरुद्धको खेलमा मैदानमा उत्रने छैन ।’ बीबीसी


 

salt training

कमेन्ट गर्नुहोस्