२९ जेठ २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

माघ २०, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ३३५ कायम भएको छ ।

सोमबार एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्