१९ असार २०८३, शुक्रबार

रोटरी क्लब अफ नागार्जुनले ट्राफिक प्रहरीलाई दियो उच्च गुणस्तरको कम्प्युटर

माघ २०, २०८२
काठमाडौं
रोटरी क्लब अफ नागार्जुनले ट्राफिक प्रहरीलाई दियो उच्च गुणस्तरको कम्प्युटर

रोटरी क्लब अफ नागार्जुनले आफ्नो २२औं स्थापना दिवसको अवसरमा उपत्यका ट्राफिक प्रहरीलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ ।

रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले क्लबका तर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन् ।​ 

करिब २ सय जना उच्चपदस्त ट्राफिक प्रहरीहरूको उपस्थितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर कोइरालाले क्लबको तर्फबाट सानो सहयोग गरिएको बताए । आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले रोटरीलगायतका सामाजिक संस्थाहरूकै कारण ट्राफिकको पोसाकदेखि भवन निर्माण र भौतिक संरचनामा धेरै ठूलो योगदान पुगेको बताए ।​ 

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष विशाल गैरेले ट्राफिक प्रहरी कार्यालयलाई निरन्तर सहयोग गर्ने बताए ।​

जेनजी आन्दोलनका बेला रोटरी क्लब अफ नागार्जुनका पूर्वअध्यक्ष शम्भु अमगाईंले क्लबका तर्फबाट भौतिक निर्माण र रेट्रोफिटिङमा पुर्‍याएको योगदानका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी डिष्ट्रिक्ट असिस्टेन्ट गभर्नर मञ्जु धमला, डिष्ट्रिक्ट सेक्रेटरी अनिस बज्राचार्य र रोटरी क्लब अफ नागार्जुनका तर्फबाट निवर्तमान अध्यक्ष सतिस शर्मा, सचिव अर्जुन खड्का र कोषाध्यक्ष निखिल अग्रवालको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्