१६ असार २०८३, मंगलबार

विश्वको शक्ति सन्तुलन परिवर्तनको चरणमा छ, भारत ग्लोबल साउथको सशक्त आवाज हो : प्रधानमन्त्री मोदी

माघ २२, २०८२
काठमाडौं
विश्वको शक्ति सन्तुलन परिवर्तनको चरणमा छ, भारत ग्लोबल साउथको सशक्त आवाज हो : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको शक्ति सन्तुलन परिवर्तनको चरणमा रहेको बताएका छन् । राज्यसभामा सम्बोधन गर्दै उनले त्यसको झुकाव भारततर्फ बढ्दै गएको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले भने, ‘आज विश्व अस्थिर अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा विश्व नयाँ व्यवस्थातर्फ अघि बढिरहेको स्पष्ट देखिन्छ  । दोस्रो विश्वयुद्धपछि बनेको विश्व व्यवस्था अहिले परिवर्तन हुँदैछ ।  सबै घटनाहरूलाई गैर–राजनीतिक र निष्पक्ष दृष्टिकोणबाट विश्लेषण गरियो भने यसको झुकाव भारततर्फ देखिन्छ ।’

प्रधानमन्त्री मोदीले भारत ‘विश्वमित्र’ र ‘विश्वबन्धु’का रूपमा धेरै देशको विश्वासिलो साझेदार बनेको बताए । उनले भने, ‘हामी विश्व कल्याणका लागि कन्धेमा कन्धा मिलाएर उचित भूमिका निर्वाह गरिरहेका छौँ । अहिले विश्वभर ग्लोबल साउथको चर्चा भइरहेको छ । त्यस चर्चाको सूत्रधारका रूपमा भारत आज अन्तर्राष्ट्रिय मञ्चहरूमा ग्लोबल साउथको सशक्त आवाज बनेको छ ।’

प्रधानमन्त्री मोदीले भारतले धेरै देशसँग भविष्य उन्मुख व्यापार सम्झौता गरिरहेको बताए । पछिल्लो समयमै ९ वटा ठूला व्यापार सम्झौता सम्पन्न गरेको उनले बताए । उनले एकै पटक २७ युरोपेली देशसँग भएको ‘मदर अफ अल डिल्स’ पनि रहेको बताए ।  

 

salt training

कमेन्ट गर्नुहोस्