०२ असार २०८३, मंगलबार

टी–२० विश्वकप क्रिकेट : आईसीसीले सार्वजनिक गर्‍यो कमेन्टेटरको सूची, सुनिल गावस्करदेखि टेम्बा बाभुमासम्म

माघ २३, २०८२
काठमाडौं
टी–२० विश्वकप क्रिकेट : आईसीसीले सार्वजनिक गर्‍यो कमेन्टेटरको सूची, सुनिल गावस्करदेखि टेम्बा बाभुमासम्म

​अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शनिबारदेखि शुरू हुने पुरुष टी–२० विश्वकपको १०औं संस्करणका लागि कमेन्टेटरको नाम सार्वजनिक गरेको छ ।

आईसीसी टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

आईसीसीले शुक्रबार बिहान सार्वजनिक गरेको कमेन्टेटरको सूचीमा चर्चित पूर्वखेलाडी सुनिल गावस्करदेखि कुमार सांगाकारासम्मलाई समावेश गरिएको छ ।

आगामी विश्वकपमा पूर्वखेलाडी रवि शास्त्री, दिनेश कार्तिक, इयान बिशप, एरोन फिन्च, वसिम अकरम, रमिज राजा, नासिर हुसैनलगायत पनि कमेन्टेटरको भूमिकामा देखिने छन् ।

यसका अतिरिक्त, दक्षिण अफ्रिकी टेस्ट टोलीका कप्तान टेम्बा बाभुमालाई पनि कमेन्टेटरका रूपमा समावेश गरिएको छ ।

विश्वकपका खेलहरू भारतको पाँच र श्रीलंकाको तीनवटा रंगशालामा खेलाइने छ । प्रतियोगितामा २० वटा टोलीको सहभागिता रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको कमेन्टेटरको सूचीमा रवि शास्त्री, नासिर हुसैन, इयान स्मिथ, इयान बिशप, एरोन फिन्च, दिनेश कार्तिक, कुमार सांगाकारा, टेम्बा बाभुमा र सामुएल बद्री रहेका छन् ।

यसैगरी, रोविन उथप्पा, कार्लोस ब्राथवेट, इयोन मोर्गन, वसिम अकरम, सुनिल गावस्कर, म्याथ्यू हेडन, रमिज राजा, डेल स्टेन, माइकल एथरटन र रोशन अबेसिङ्घे पनि सूच‍ीमा छन् ।

यसैगरी, वकार युनिस, साइमन ढुल, शान पोलक, केटी मार्टिन, हर्षा भोगले, म्पुमेलेलो मबाङ्गवा, नताली जर्मनोस, डेन मोरिसन, एन्थेलो म्याथ्यूज, एलन विल्किङ्स पनि यो सूचीमा परेका छन् ।

यसैगरी, इयान वार्ड, मार्क हवार्ड, निक नाइट, अथर अली खान, केस नायडु, बाजिद खान, रोनक कपुर, नियाल ओ’ब्रायन, प्रेस्टन मामसेन, एन्ड्र्यू लियोनार्ड र रसेल अर्नोल्ड पनि कमेन्टेटरमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्